कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त

टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएनु भएकाे छ । आफ्नै काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिनु भएकाे हाे । एउटा भिडियोमा उहाँले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छन् ।
मूर्ख मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार संस्थाले जनाएको छ । तोडफोडपछि हकन नामका ती मजदुर पक्राउ पर्नुभएकाे छ ।
उहाँमाथि कानूनी कारबाही हुने समाचारमा जनाइएको छ । उहाँ लामो समयदेखि सो कोइलाखानीमा काम गर्नुुहुन्थ्याे । मालिकले दिएको ज्याला आफ्नै काकाले खाइदिएपछि त्यसको रिस उहाँले कारखानामा पोख्नुभएकाे थियाे । यसअघि बेलायतका पनि यस्तै घटना भएको थियो ।
ज्याला नपाएको रिसमा एक घरेलु कामदारले मालिकका महंगा गाडि तोडफोड गर्नुभएकाे थियाे । उहाँलाई अपराधसम्बन्धी मुद्दामा जेल चलान गरिएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै