संविधानको पूर्ण कार्यान्वयन गर्दै समृद्धिको लक्ष्य हासिल गरिने: प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभएको छ ।
सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्ने उल्लेख गर्दै भन्नुभयो, ‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’
आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप लगाइने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी