हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले स्थानियलाई सास्ति
असोज ४, हुप्सेकोट, नवलपुरको हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा पहिरो गएको लामो समय हुँदा पनि पहिरो पन्छाउन पहल नभएको स्थानियले बताएका छन् ।
बर्षाका कारण पहिरो जाँदा हुप्सेकोट गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने विभिन्न गाउँका वासिन्दाले सास्ति खेप्नु परेको हो ।
वडा नं. ४ को शंखदेव तर्फ चुवाडीधारा, मन्दिर टोल देखि झोलुङ्गे पुल सम्मको बाटो, वडा कार्यालयदेखि ग्याँधिघोल हुँदै शिक्षा बोधनि जाने बाटो, झाँके, कुटे, अमलाभञ्याङ् लगायतका स्थानमा गएको पहिरो नहट्दा स्थानियलाई समस्या भएको हो । स्थानियले छिटो पहिरो हटाईदिन समेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
लर्ड बुद्ध सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल बिमल चापागाईँले बाटो अवरुद्ध हुँदा गाउँमा एम्बुलेन्स समेत लैजान समस्या भएको भन्दै यसतर्फ संम्बन्धित निकायले ध्यान नदिएको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष रोशन थापाले भने झ्यालबासबाट रुम्सि जाने बाटोमा गएका पहिरो हटाईसकिएको र तल्लो भेगको बाटो पनि सफा गर्ने योजना रहेकोमा वडासँग बजेट अभाव हुँदा समस्या परेको बताउनुभयो । वडा सँग सरसफाई सिर्सकमा ३ लाख बजेट भएको तर समिति निर्माण गरेर समितिको बैठकले निर्णय लिनुपर्ने भएकोले त्यसो हुन नसक्दा भएको बजेट खर्च गरेर काम गर्न समेत नपाएको बताउनुभयो ।
उहाँले आज मात्रै गाउँपालिले शंखदेव तर्फ डोजर पठाएको थाहा पाएको तर आँफु सँग पालिकाले समन्वय नगरेकोले कहाँको पहिरो हटाउन गएको भन्ने जानकारी नभएको बताउनुभयो । तर गाउँपालिकामा केहिदिन अघि सम्पन्न कार्यपालिका बैठकले बाटो सफा गर्ने कार्यलाई दु्रतगतिमा अघि बढाउने निर्णय गरिसकेकोले छिट्टै आवतजावतमा सहजता आउने वडाध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय