एक हप्ता देखि देवचुलीबाट एक बालक बेपत्ता

देवचुली,असोज ४|| पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत एक हप्तादेखि बेपत्ता भएका छन् । स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता भएका हुन् ।
 
मंगलबार बिहान आफ्नो जेठो दाजु तोमसँग एकछिन गाउँ डुलेर आउँछु भन्दै साईकल लिएर गएका रेम (सोमई) बेलुकीसम्म घर नफर्केको सोमईका बुबाले बताउनुभयो ।
सोमईका बुबा र आमा किसानी गर्ने भएकाले बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म खेतबारीमै रहने बताए । सधैजसो उनीहरु मंगलबार पनि खेतमा काम गर्न गएका थिए साँझ खेतबाट घर फर्किदा छोरो घरमा नभएपछि खोजी गर्न थालेको बुबा नेपालीले बताउनुभयो ।
 
गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो । प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ ।
बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने माहानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ५, शनिबार २१:१८
    • 11 views
    निम्ता मानेर फर्केका मानवहादुर घरै अगाडी दुर्घटनामा परि सधैका लागी अस्ताय ।

    एन.सन्चार माघ ५, कावासोती । माघ ४ गते सपरिवार सहित आफन्तजनको वैवाहिक समारोहमा उपस्थित भै घर फर्किने क्रममा वस वाट ओर्लि दुइपाइला को दुरीमा रहेको घर पुग्न पुर्व पस्चिम राजमार्ग…

    विस्तृत.....

    • २०८१ माघ ५, शनिबार २१:०५
    • 13 views
    स्कूल बसमा पनि ट्राफिक चेकिङ्ग सुरु, पहिलो दिन ९ वटा बसमाथि कारवाही

    कावासाेती । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कूल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटनाहरु बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *