पालिका खोतल्दै एनसन्चार ।।

पासा प्रकास, साउन ७, कावासोती,|| विगत लामो समयदेखि नवलपुरको कावासोतीमा रहि सुचना समाचार र मनोरञ्जनको क्षेत्रमा कार्य गर्दै आईरहेको एनसञ्चार मिडिया प्रा.लि. पृथक रुपमा आउने भएको छ ।
लामो समय विभिन्न सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मीहरुद्धारा सञ्चालित एनसञ्चार मिडियाले आउँदो हप्तादेखि निरन्तर विभिन्न पालिकामा भए गरेका काम कारवाहिको वारेमा स्थानियलाई जानकारी दिने साथै पालिका भित्र भैरहेका गलत कार्यहरुलाई भण्डाफोर गर्ने गरि अभियान नै सुरु गर्न लागेको एनसञ्चार मिडिया प्रा.लि.का प्रबन्धक निश्चल गौडेलले बताउनुभयो ।
एनसञ्चार अनलाईन नामक न्यूज पोर्टल र एनसञ्चार अनलाईन टिभि मार्फत जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नकालागि पालिकालाई खबरदारि गर्ने गौडेलको भनाई छ ।