पूर्वाधार निर्माणमा नवलपुर पहिलो प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल , झ्यालबास देखि डेढगाउँसम्म २ लेनको पक्कि सडक निर्माण गरिने
ढेडगाउँ देखि झ्यालबास सम्मको बहुबर्षिय योजना बनाएर डबल लेनको पक्कि सडक निर्माण गरिने ।।
एन सञ्चार, कावासाेती, असाेज ८।। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले वर्तमान समयमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम नै प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
आज नवलपुरको कावासोतिमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको लाखौँ प्रयासका बाबजुत खोप खरिद गर्न नसकिएको स्विकार गर्दै प्रदेशका सबै जनतालाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन आँफुले केन्द्र सरकारसँग पहल गरिरहेको बताउनुभयो ।
साथै उहाँले प्रदेशका ६ लाख भन्दा बढिले कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाईसकेको र ११ लाख भन्दा बढिले पहिलो मात्रा खोप लगाएको जानकारी दिँदै १८ वर्ष भन्दा माथिका सबैलाई दुबै मात्रा खोप लगाएपछि १८ वर्ष भन्दा मुनिकालाई पनि फाईजरको खोप उपलब्ध गराउने योजनामा रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले कोरोनाको आतंकित अवस्थाबाट केहि सामान्य अवस्थामा आएपनि संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डलाई भने पूर्ण रुपमा पालना गर्नुहुन सबैलाई अनुरोध गर्नुभयो । उहाँले विषम परिस्थितिमा आ आफ्नो क्षेत्रबाट विभिन्न रुपले सहयोग एवं सेवा पु¥याउने संघ संस्था र व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै उहाँले विज्ञहरुले तेस्रो लहरको समेत चेतावनि दिएकोले, यदि कोरोनाको तेस्रो लहरनै आएपनि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् सरकारले समेत कोभिडको विसम परिस्थितिसँग जुध्न राम्रो काम गरेको उल्लेख गर्दै पूर्वसरकारका राम्रा कामलाई आफु नेतृत्वको सरकारले समेत आत्मसाथ गर्ने बताउनुभयो ।
फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले प्रदेशको छेउमा रहेपनि नवलपुर जिल्ला आफ्नो गृहजिल्ला समेत भएकोले यहाँको पूर्वाधार निर्माणकालागि आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफ्नो सरकारको समय अब करिब डेढ वर्षमात्रै बाँकि भएपनि नवलपुरको ढेडगाउँ देखि झ्यालबास सम्मको बाटोलाई प्राथमिकतामा राखि बहुबर्षिय योजना बनाएर डबल लेनको पक्कि सडक निर्माण गर्ने योजनालाई अगाडि बढाउने बताउनुभएको छ ।
“हाम्रो सरकारले हतारमा पहिलो बजेट ल्याउनुपर्यो, धेरैकुरा समेट्न सकिएन, तर पनि ढेडगाउँ देखि झ्यालबास सडकखण्डलाई बहुबर्षिय योजना बनाएर निर्माण गर्ने योजनामा छौँ; केन्द्रमा पहि यो कुरा राखेको छु’ उहाँले भन्नुभयो: ‘संघ र प्रदेशले मिलेर प्रत्येक वर्ष थोरै थोरै भएपनि उक्त योजनालाई बजेट छुट्याएर काम गरौँ भनेको छु, यो काम हुने विश्वास लिएको छु ।”
साथै उहाँले अन्य पूर्वाधार विकासमा समेत नवलपुरलाई आँफुले पहिलो प्राथमिकतामा राखेको भन्दै जिल्लाको समस्याहरुका बारेमा छलफल गरि ति समस्याहरुलाई विस्तारै समाधान गर्दै जाने बताउनुभएको छ ।
आज जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति नवलपुरले संविधान दिवसको अवसरमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा विपद व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्याउनुहुने संघ, सस्था र महानुभावहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, रोशन गाहा लगायले बोल्नुभएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै