आज ६४ जिल्लाका पालिकामा कांग्रेस अधिवेशन हुँदै, १३ जिल्लामा क्रियाशील विवाद कायमै

काठमाडौं । नेपाली कांग्रेसले आज पालिका अधिवेशन गर्ने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार आजै ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो ।
२१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।
संस्थापन इतर पक्षले भने विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक अन्य तहको अधिवेशन गर्नुपर्नेमा नेतृत्वले जबरजस्ती गर्न खोजेको आरोप लगाएको छ ।
केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै