ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् ।
यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटर सहभागि हुँदैछन् । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल खेल्नेछन् । उनले १० नम्बरको जर्सी लगाएर ईपीएल टी–ट्वान्टी क्रिकेट खेल्ने जनाइएको छ । काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
यसैबीच ईपीएलका लागि बंगलादेशी ब्याट्सम्यान तमिम इकबाल नेपाल आएका छन् । भैरहवा ग्ल्याडियटर्समा आबद्ध ३२ वर्षीय इकबाल हिजो नेपाल आइपुगेका हुन् । तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

शनिबार, अशोज २०, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै