नेपाली काँग्रेसको चौंधौं महाधिवेशन हुदैं

नेपाली काँग्रेसको चौधाँै महाधिवेशन अन्तर्गत गैँडाकोटमा भोली नगर तहको अधिवेशन हुँदै छ । गैँडाकोटमा भोली हुने नगर अधिवेशनको लागि तयारी करिब पुरा भएको निर्वाचन अधिकृत विष्णुप्रसाद रिजालले बताउनुभयो । भोली विहान ७ बजेबाट नै अधिवेशनको प्रक्रिया सुरु हुने रिजालको भनाइ छ ।

विहान ७ बजेबाट मतदाता नामावली प्रकाशन, ८ बजे नामावली माथि दावी विरोध, ९ बजे अन्तिम नामावली प्रकाशन, ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, अपरान्ह ४ बजे दाबीविरोध, ५ बजे अन्तिम नामावली प्रकाशनको तयारी रहेको निर्वाचन अधिकृत रिजालले बताउनुभयो । असोज १२ गते मंगलबार विहान पौने ८ बजेबाट मतदान पक्रिया सुरु हुने गरि तयारी गरिएको निर्वाचन अधिकृत रिजालले बताउनुभयो ।

अधिवेशन कार्यक्रम गैँडाकोट ५ काँग्रेस चोकमा रहेको पार्टीको कार्यालयमा हुनेछ । अधिवेशनबाट ४ सय ७८ जनाले नगर समिति चयन गर्नेछन् । नवलपुरका चार नगरपालिका र चार गाउँपालिकामा सबैमा भोली नै अधिवेशन हुँदैछ । सबै पालिकामा अधिवेशनका लागि तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले विजय एफएमलाई बताउनुभयो ।