गण्डकीमा १९२ सहित कास्कीमा १२४ मा संक्रमण

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६५ जना पुरुष तथा ५९ जना महिला गरी १२४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका १२४ जनासहित म्याग्दीका ७ जना, पर्वतका २ जना, गाेरखाका ३१ जना, लमजुङका १० जना, तनहुँका ३ जना, स्याङ्जाका १३ जना र नवलपुरका २ जना गरी प्रदेशका ८ जिल्लामा १०२ पुरुष तथा ९० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार २३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३५७ पुगेको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै