२४ घण्टामा संक्रमणको केस भन्दा निको हुने बढी

सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको केसभन्दा निको हुने बढी रहेका जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ सय ३४ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या एक हजार दुई सय ७९ रहेको छ ।
८ हजार पाँच सय ८९ नमुनाको पीसीआर परीक्षण गर्दा सात सय ३० जना र पाँच हजार एक सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४ गरी ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन् ।
जसमध्ये १७ हजार आठ सय १३ जना होम आइसोलेसन र एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयकाअनुसार तीन सय ६८ जना संक्रमित आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै