नवलपुरको ब्यारेज पुल स्थीत नारायणी नदिमा अपरिचित पुरुषको शव फेलाः  दुम्किबासमा बेबारीसे कपडा बरामद ।

असोज १३, कावासोती,।।  नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ व्यारेज पुल स्थित नारायणी नदीमा अपरिचित पुरुषको सव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार गएराति करिब ८ बजेतिर पानीमा तैरिएको र घोप्टो अवस्थामा शव देखिएको स्थानियले खबर गरेपछि प्रहरी हवल्दार लौटन चौधरीको कमाण्डमा गएको टोलिले शवलाई किनारमा ल्याई घटनाको अनुसन्धान सुरु भएको छ ।
अन्दाजि ४५/५० वर्षिय पुरुषको अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।

कपडा बरामद:
ईलाका प्रहरी कार्यालय दुम्किबासले दुम्किबास बजारबाट बेबारीसे अवस्थामा रहेको कपडा बरामद गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. १ स्थित पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ७ ख ६०९२ नम्बरको बसमा बेवारिसे अवस्थामा कपडा बरामद भएको हो ।
मंगलबार दिउँसो १ बजे बरामद भएका कपडाहरुमा मखमल साडी – २ थान , साडी – ५ थान, कुर्था सुरुवाल – २२ जोर, पर्दा – १० पिस, महिलाले लगाउने धोती ४ थान फेला परेको र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।