नवलपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

असोज १३, कावासोती,।। पछिल्लो २४ घण्टामा नवलपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा ४० जनामा गरिएको नमुना परिक्षणमा ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
थप संक्रमित मध्ये सबैभन्दा धेरै गैँडाकोट नगरपालिकाका ३ जना सहित, कावासोतीका २ जना साथै देवचुलि नगरपालिका र हुप्सेकोट गाउँपालिकाका एकएक जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६० पुगेको छ । नवलपुरमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ७१ जनाले ज्यान गुमाएका छन् ।