देवचुलिमा दर्जन संख्यामा युवाहरु नेकपा एसमा प्रबेश

खगेन्द्र पराजुली, साउन १३, कावासोती,।। नवलपुरको देवचुली नगरपालिका वडा नं. ९ मा नेकपा एमाले त्यागेर दर्जनौँ युवाहरु नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।
दर्जन संख्यामा युवाहरु नेकपा एसमा प्रबेश गरेपछि देवचुली एमालेलाई धक्का लागेको छ ।
बुधवार नेकपा एस जिल्ला कमिटि सदस्य एवं देवचुली ईन्चार्ज खगराज कंडेलको उपस्थितिमा दर्जन संख्यामा युवाहरु एकिकृत समाजबादीमा आवद्ध हुन चाहेको बताएपछि थप उत्साहित भएको जिल्ला सदस्य घनलाल भुसालले प्रतिक्रिया दिएका छन् ।
जिल्ला सदस्य हुमाकान्त पराजुलीले देवचुलीमा छिट्टै नगर कमिटि गठन गर्ने तयारीका साथ पार्टी गतिबिधिलाई तिव्रता दिईएको बताए । उनले भने– नगर कमिटि गठनको तयारीमा छौं । भेटघाट र सम्पर्कमा ब्यस्त छौं । आजको उपस्थितिले थप उर्जा दिएको छ ।
उनले एमालेबाट साईबर सेना परिचालन गरेर बाधा हाल्ने दुस्प्रयास र दुस्प्रचार भएको आरोप लगाएका छन् । उनले एमालेले खेल्ने जस्तो सुकै गलत खेलको सामना गर्न तयार रहेको बताएका छन् ।
आज भएको भेटघाट–प्रशिक्षणमा सहभागी नेकपा एस नवलपुर जिल्ला नेता लगायतको एक फोटोलाई एमालेले गत चैतमा नवलपुरमा गठन गरेको साईवर सेनाका एक सदस्यले “ठूलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश ” भनी सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक सन्देश फैलाएको जिल्ला कमिटि सदस्य पराजुलीले बताएका छन् ।