नवलपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

असोज १४, कावासोती ।। नवलपुरका थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा २३ जनामा गरिएको परिक्षणमा थप ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थप भएका संक्रमित मध्ये देवचुलिका २ जना र कावासोती नगरपालिकाका १ जना रहेका छन् । त्यस्तै जिल्लाबाट थप ९ जना कोरोना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ५४ पुगेको छ ।
अहिले जिल्लाका पालिकाहरु मध्ये गैंडाकोटमा १७ जना संक्रिय संक्रमित छन् भने कावसोतीमा १८ जना, देवचुलीमा २ जना, मध्यबिन्दुमा ५ जना, विनयी त्रिवेणीमा ३ जना, हुप्सेकोटमा ४ जना, बौँदिकालिमा २ जना र जिल्ला अस्पतालमा ३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरले बताएको छ ।
नवलपुरमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
हाम्राे रेडियाे सुन्नुस ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव