१९ दिन सम्म पनि सम्पर्क विहिन देवचुलीका बालक, खोजिदिन बाबुको आग्रह

नवलपुरको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत १९ दिन देखी बेपत्ता भएका छन् । १९ दिन हुदाँसम्म पनि केहि अत्तोपत्तो नभएको सोहि बालकका पिता श्याम बहादुर नेपालीले एनसंचार संग बताउनुभयो । श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार देखि सम्पर्क विहिन भएका हुन् ।
बिहान भाईसंग १० बजे स्कुल जान्छु भनेर साईकल लिएर एकैछिनमा आउछु है भन्दै घरबाट निस्किएको छोरो आज १९ दिन हुदासम्म सम्पर्क विहिन रहेको बाबुले बताउनुभयो । सोमईका बुबा र आमा किसानी गर्ने भएकाले विहिन देखि बेलुकासम्म नै खेतबारीमा काम रहने बताए । गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो ।
प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ । बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने माहानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गरिदिनुहोला ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम