प्राकृतिक चिकित्सालयको परिसरमा विश्रामालय बन्ने

देवचुली, माधब सुबेदी
प्राकृतिक चिकित्सालयको परिसरमा विश्रामालय बन्ने भएको छ । देवचुली नगरपालिका वडा नं १६ रजहरमा स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको परिसरमा दानदाता महानुभावहरुको नामावली शिलालेखन स्मारक तथा विश्रामालय शिलन्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि सामुदायिक प्राकृतिक चिकित्सालयका विशिष्ट संरक्षक अग्निधर चालिसे र दुर्गादेवी चालिसे करकमलबाट विश्रामालयको शिलन्यास गरिएको हो ।
२०६४ साल पौष २ गते देखि ८ गते सम्म धनधान्यान्चल माहायज्ञ मा सामुदायिक प्राकृतिक चिकित्सालयको विकासको निम्ती सहयोगी भुमिका निभाउनुहुने दानविरहरुलाई उहाहरुले गरेको सहयोगको उच्च कदर गर्दै शिलालेख निर्माण गरि नाम लेख्ने र विश्रामालयमा आरामका लागि निर्माण गरिन लागिएको हो ।
प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले विश्रामालय निर्माणको लागि आन्तरिकबाट करिब ७ लाखमा सम्पन्न गर्ने योजना रहेको बताउर्दै निर्माण कार्यमा अन्य विशिष्ट व्यक्तिहरुको समेत सहयोग रहने बताउनुभयो ।
श्यामराज बंशि ठेकदारलाई विश्रामालय निर्माणको लागि दिईएको र निर्माण ५ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको प्राकृतिक चिकित्सालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको