पूर्व युवराज पारस शाह बस्दै आएको घरमा चोरी

  • समाचार
  • २०७८ आश्विन १८, सोमबार २२:०८

पोखरामा पूर्व युवराज पारस शाह भाडामा बस्दै आएको घरमा चोरी भएको छ । पोखरा महानगरपालिका ६ लेकसाइड स्थित बुलौदिमा पूर्व युवराज शाह बस्दै घरको कोठाबाट शाहका निजी सामग्री चोरी भएको हो ।

पोखरामा चोरी गरेर भागेका व्यक्तिलाई काठमाण्डौमा पक्राउ गरिएको काठमाण्डौ प्रहरी प्रमुख, एसएसपी अशोक सिंहले पोखरा न्यूजलाई जानकारी दिनुभयो । बारा जिल्ला घर भई शाहको निवासमै काम गर्ने कामदारले चोरी गरेको पाइएको एसएसपी सिंहले बताउनुभयो ।

एसएसपी सिंहका अनुसार सामान चोरी गर्ने कामदार २५ वर्षका शुभ गौतमलाई काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यु राप्ती गेस्टहाउसबाट चोरीका सामानसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरीले चोरी भएका २ थान आई प्याड, २ थान दूरबिन, क्यामरा, र मोबाइल पूर्व युवराज शाहलाई फिर्ता गराएको छ । गौतमलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *