प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने २०७ जना पकेटमारलाई पक्राउ
काठमाण्डौ प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने २०७ जना पकेटमारलाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा सामूहिक रूपमा चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विभिन्न कोड तथा साङ्केतिक भाषाको प्रयोग गर्दै फिल्मी शैलीमा सार्वजनिक स्थानहरूमा चोरी गर्दै गर्दा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको काठमाण्डौ प्रहरी प्रमुख, एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।
काठमाण्डौ रिङ रोड बाहिर र भित्री इलाकामा चल्ने सार्वजनिक यातायातहरू, सपिङ महल तथा मुख्य मार्केटहरूमा सादा पोसाकका प्रहरी कर्मचारीहरूलाई खटाएर चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले बताउनुभयो । चोरी र लुटपाटमा संलग्नहरूले सार्वजनिक यातायातका साधनमा २/२ जनाको दरले ६ जना सम्मको ग्रुप बनाइ बस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडिबाट घेराबन्दीमा पारेर ठेलमठेल पारेर नगद ,मोबाइल, र सुनचाँदी चोरेर पालो पालो गरेर ओर्लने गरेको भेटिएको बताउनुभयो ।
प्रहरीले नेपालीहरूको महान् चाड दसैँ तिहारलाई लक्षित गरी विशेष सुरक्षा तथा सतर्कता अभियान सञ्चालन गरेको बताउँदै एसएसपी सिंहले चाडबाडका बेलामा चोरी डकैती बढ्ने भएकाले सर्वसाधारण सबैलाई सचेत रहन आग्रह समेत गर्नुभयो । ‘हामीले चाडपर्वलाई लक्षित गरी सादा पोसाकमा प्रहरी परिचालन गरेका छौँ, सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाई जनजीवन सामान्य तुल्याउन हामी लागी परेका छौँ ‘ , एसएसपी सिंहले भन्नुभयो, ‘ चाडपर्वको बेला चोरी गर्ने गिरोह बढी सक्रिय हुने हुँदा तपाईँहरूले पनि विशेष ध्यान दिनुहोला ।
’ उपत्यकामा यातायात व्यवसायी तथा विभिन्न बजारहरूमा स्थानीय व्यवसायी सँग सहकार्य गरी प्रहरीले भदौ २५ गते देखि नै सादा पोसाकमा प्रहरी परिचालन गर्दै यात्रु तथा किनमेल गर्ने उपभोक्तालाई सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार पकेटमारमा संलग्न गिरोहले एक अर्कामा यस्तो साङ्केतिक भाषा प्रयोग गर्ने गरेका छन् ।
पैसा – द मोबाइल – कान पकेटमार पीडित – रामे पकेटमार गर्ने (मास्टर) – काशी पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द गाडी -काँचा केटा – छापा केटी – भद्र पुलिस आयो – ठुलदाइ आयो ड्राइभर – माम, खलासी- मले गाडीबाट झरेर भाग- टप्की गाडी भित्र अगाडी सर – अकल जा गाडी भित्र पछाडि सर – चिछल जा
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी