थप ९६८ जनामा कोरोना संक्रमण, १,११४ जना संक्रमणमुक्त

१९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका छन् । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २३१, झापामा ६९, मोरङमा ६३, ललितपुर र रुपन्देहीमा ४१/४१ जना, चितवन र भक्तपुरमा ३०/३० जना, रुसुवामा २४, सुनसरीमा १९, बागलुङ र बाँकेमा १६/१६ जना, कास्कीमा ११ तथा नुवाकोट र मकवानपुरमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा