संविधानसभा सदस्य अशोक कोइरालाको निधन

काठमाडौं : विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ ।
नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो। उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए।
विराटनगर अहिले महानगरपालिका घोषित भइसकेको छ। कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार चिकित्सकले गएराति १ बजेतिर कोइरालालाई मृत घोषित गरेका हुन्। श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उनलाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको जानकारी रेग्मीले दिए। उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाकोे निधन भएको छ। उनले भने ‘स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्याइएको थियो चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सम्भव भएन।
अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्।
२०४४ सालमा उनी नेपाली कांग्रेसको जिल्ला सभापति बनेको जानकारी रेग्मीले दिए। एक समय राजनीतिमा निक्कै सक्रिय रहेका कोइराला पछिल्लो समय त्यति सक्रिय थिएनन्। कोइरालाकलाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाँदै छन्।
उनको आजै श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ। त्यसपछि बिहीबार बिहान कोइरालाको अन्त्येष्टि हुने छ। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको