चाड पर्वको बेलामा किन बढ्यो त दुर्घटनाका घटना ?

 कावासोती ।। चाडपर्वमा आफ्नो घरपरिवारसङ्ग बसेर मिठो मसिनो खाँउला, रमाउला भन्ने सपना सबैको हुन्छ। अझै शहर वा प्रदेशबाट आउनेहरुले आफ्नो घरका सम्पूर्ण सदस्यका लागि के ल्याइदिएको छ त उपहार ? त्यो चाँहि सबैको कौतुहलताको बिषय बन्दछ । यसरि घर आउने ब्यक्तिलाई कतिबेला घर पुगुजस्तो हुन्छ भने घरमा बसेकालाई समेत बाहिरिएको प्रदेशी कतिबेला घर आईपुग्ला भनेर बाटो हेरेर दिन बित्छन् ।

नेपालको बाटो, झरी बर्षाले हिलाम्मे, कतै बाढीपहिरोले भत्काएको बाटो, बिकास निर्माण र मर्मत सम्भारको अनुहार नदेखेको बर्षौ भएको अवस्था, त्यसमाथि पुराना थोत्रा गाडी, यात्रुको अचाक्ली भिड, छतमाथि समेत खुट्टा राख्ने ठा ँउ नहुने डरलाग्दो यात्रा, सा ँघुरो बाटो, सवारिको अझै बढि चाप, सुरक्षा कर्मीको उपस्थितीमा कमि, दक्ष चालकको अभाव आदि कारणहरु नै नेपालको सडक दुर्घटनाका गम्भिर कारणहरु हुन् भन्दा अत्युक्ति नहोला ।

बिगत केहि दिन यताका सडक दुर्घटनाका समाचारहरुले सरकार र प्रशासनको निरिहता दर्शाइरहेका छन् । प्रधानमन्त्रीद्वारा दुर्घटनाको बिषयलाई लिएर स्तब्ध भएको खबर समेत सावजनिक भएका छन् । के अब स्तब्ध भएरैमात्र समाधान निक्लन्छ होला ? हुनत दुई तिहाईको प्रधानमन्त्री ओलीले त काम् गर्नै दिएनन् म त रातदिन जनताकै सेवामा खटिएको थिए भन्दै हात उठाए भने अहिलेको परमादेशको देउवा सरकारले स्तब्ध हुनुबाहेक के नै बाँकी रह्यो र ?

दर्जनौले ज्यान गुमाईसकेभने सयौ नेपाली घाइते अवस्थामा अस्पतालको शैयामा उपचारको क्रममा रहेका छन् । यसो सोच्दा लाग्छ कि नागरिकको मुल्य कौडिको भाउ भएको देश नेपालमात्रै होला । ती पिडित परिवारमा बगेको आशु स्तब्ध भएर मात्रै पुसिन्छ होला र ?

श्रोत र साधनले सम्पन्न देश, अराजक र भ्रष्ट राजनितिक परम्परा, गैरजिम्मेवारिपन, सत्तामोह, उस्तै कमजोर र गतिहिन कर्मचारीतन्त्र, कमजोर योजना तर्जुमा र त्यसको कार्यन्वयन, जाली ठेक्कापट्टा, राजनितिक मिलेमोतो, मस्तसङ्ग सुतेको नागरिक समाज, बैदेशिक हस्तक्षेपमा नतमस्तक सिङ्गो सार्वभौमसत्ता, यो भन्दा कन्तबिजोग देख्न अन्त किन् जानु पर्यो र हैन ?

कहिले जाग्छन् होला नेपाली? कहिले अगाडि बढ्ला नेपाल ? चल्न त त्यसै ढसमस चल्दो रहेछ । जनताले महशुष गर्नेगरी कहिले परिवर्तन् होला ? त्यो दिन कहिले आउला ?

यदि सबै कुरा पशुपतिनाथको भरोषामा छोड्ने भए चुनावको नक्कली नौटङ्गकी किन रच्नुपर्यो ? गणतन्त्र र सघियता किन चाहियो जवकी जनता पन्चायती सेवा सुबिधा प्रयोग गर्नैपर्ने अवस्थामा छन् त ! नया के छ त खै ? नेताका काठमान्डौका महल बाहेक ! सम्झिने पानी छम्किने बाहेक अरु केहि छ त ?