श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ

श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो।
शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।
पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा