ओलीको तर्क : माओवादीसँग तत्काल सहकार्य र एकता सम्भावना छैन

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग तत्काल कुनै सहकार्य र एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।

बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा उनले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्। 

‘हामी पार्टीलाई अब विल्कुलै नयाँ शिराबाट लान चाहान्छौँ। त्यसैले अहिले माओवादीसँग एकताको कुनै सम्भावना छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामीसँग विचार मिल्नेहरूलाई सँगै लिएर अगाडि बढ्छौँ।’ 

उनले पार्टीलाई नयाँ शिराबाट लाने भएकाले कसैलाई छुवाछुत नगरी अगाडि बढ्नेसमेत बताए। ‘हाम्रो विचारसँग नजिक रहेको दल वा व्यक्तिसँग हाम्रो निरन्तर सहकार्य हुन्छ’, ओलीले भने।  

उनले बैठकमा विधान संशोधन किन आवश्यक भएको प्रस्ट पारे। ‘यो २०७२ सालको विधान हो। २०७४ पार्टी नै थिएन त्यसैले संशोधन गर्न सकेनौँ’, उनले भने, ‘अहिले पार्टीलाई अगाडि लैजान विधान संशोधन आवश्यक छ।’ 

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ १०, बिहीबार १०:०४
  • 6 views
कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:५२
  • 17 views
अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *