दाउन्नेमा विमान दुर्घटना भएको हल्ला सत्य हाेइन : नवलपुर प्रहरी

कावासोती । दाउन्नेमा विमान दुर्घटना भएको हल्ला निराधार भएको नवलपुर प्रहरीले जनाएको छ ।

नवलपुरको दाउन्न्ने स्थित विश्वकर्मा बाबाको मन्दिर नजिक विमान दुर्घटना भएको स्थानीय बाट जानकारी आए पछि नवलपुर प्रहरी सहित सशस्त्र प्रहरी र पश्चिम नवलपरासीबाट समेत प्रहरीको टोलि दुर्घटना भएको भनिएको स्थानमा पुग्दा विमान दुर्घटनाको कुनै आधार फेला नपारिएको नवलपुर प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले बताए ।

स्थानीयले विमान दुर्घटना भएको जस्तो देखिए पछि प्रहरीलाई खबर गरे लगत्तै नवलपुर प्रहरीले घटना भएको स्थान आसपास प्रहरी परिचालन गरेको थियो । नेपाल उड्डयन प्राधिकरणमा सम्पर्क गर्दा कुनै पनि विमान सम्पर्क बाहिर नभएको जानकारी पाए पछि प्रहरी फर्किएको गिरीले बताए ।

विमान दुर्घटना भएको विषय सामाजिक सन्जाल र केही सन्चार माध्यममा आएको तर ती सबै निराधार असत्य भएको गिरीले बताए ।