देवचुलीको रजहरबाट ८ दिन देखि एक बालक बेपत्ता

देवचुली नगरपालिकामा एक बालक बिगत ८ दिनदेखी बेपत्ता भएका छन । नगरपालिकाको वडा नम्बर १६ रजहरका १२ बर्षिया बालक कृष्ण वि.क घरबाटै हराएका हुन । उनका बुवा सिद्ध बहादुर वि.कका अनुसार उनी घरबाट हराएको ८ दिन भएको र आफनै आमासंगको बादबिबाद पछि सामान्य घरायसी झगडामा रिसाय पछि घरबाट निस्कीएको छोरा अहिले सम्म पनि सम्पर्क विहिनी भएको बाबुले बताए । बालक कृष्ण कक्षा ७ मा देवचुली माध्यमीक विद्यालयमा अध्यनरत थिए । उनलाई फेला पार्नेहरुले कृष्णका बुवाको मोबाइल नम्बर ९८१९१५४७२१, ९८२५१६२१९९ संपर्क गरिदिन हुन परिवारले अनुरोध गरेको छ । उनले रातो टिसट, निलो जिन्सको पाईन्ट र चप्पल लगाएका छन ।