राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

असोज २, मंगलबार ।।
साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्किएका छन् ।
गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव सोमबार राती स्वदेश फर्कने कार्यक्रमअनुरुप राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् ।
सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले पुष्टि गर्दै राति ९ बजे ‘ल्याण्ड’ हुने बताए ।
यता, आज नै नेपाल सरकारको बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गरेको चर्चा चलिरहेका बेला सदस्यसचिव राति स्वदेश ल्याण्ड हुन लागेका हुन् ।
यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो ।
नेपाली टिम भने साेमबाच बिहानै स्वदेश फर्किसकेको छ । एजेन्सी ।।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै