अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् : गृहमन्त्री खाण

असोज २, मंगलबार ।।
गृहमन्त्री बालकृष्ण खाणले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही आएका गृहमन्त्री खाणले सोमबार एक कार्यक्रमकाबिच जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् ।
सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्दै आमनेपाली नागरिकको जीवन रक्षा गर्नु भएकाले आमनागरिकको रक्षाको सुप्रबन्ध गर्ने काम सरकार र गृह प्रशासनको भएको भन्दै सुरक्षा प्रमुखहरूलाई खाणले सम्झाए ।
‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’
फरक प्रसंगमा बोल्दै गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको बताए । सुनौलीमा पाँच किलोमिटरसम्म मालवाहक गाडीहरूको पार्किङ लाग्ने गरेकाले त्यो समस्या समाधान गर्न सारोकारवाला निकायसँग मिलेर व्यवस्था मिलाउने र निर्माणाधीन विमानस्थल छिटोभन्दा छिटो संचालनमा ल्याउन सार्थक प्रयास गरिरहेको उनको भनाइ थियो ।एजेन्सी ।।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै