
असोज २, मंगलबार ।।एनसञ्चार संवाददाता ।।
आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ। पराल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण परालसँगै कुहिन थालेका छन्।
धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो। अर्कोतिर मकै भित्र्याएर लगाइएका गहुँ, तोरी र तरकारी बालीलाई भने फाइदा भएको छ।
आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ।
यता नवलपरासी पूर्व र पश्चिमका किसानका धान बाली तथा पकाउन तयारी अवस्थामा राखिएको काँचो इट्टा समेत काम नलाग्ने गरी बिग्रीएपछि लाखौं मूल्य बराबरको धनजनको क्षति भएको आँकलन गरिएको छ ।