त्रिविले दीक्षान्त समारोहका लागि आवेदन दिने म्याद बढायाे, कति शुल्क लाग्ने?

२ कात्तिक, मंगलबार २०७८,
त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन दिने म्याद थप गरेको छ। दसैँ बिदाको समयमा म्याद थप्न आग्रह आएअनुसार कार्तिक ५ गतेसम्मका लागि आवेदन दिने समय थपिएको हो।
त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले कार्तिक ५ गतेसम्म आवेदन दिन सक्ने निर्णय गरेको हो। ०७७ असार १ गते (१५ जुन २०२०)देखि ०७८ जेठ ३१ गते (१४ जुन २०२१)सम्म एक वर्षको अवधिमा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल तह उत्तीर्ण गरी परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्।
साथै सोही अवधिमा विद्यावारिधि (पिएच.डी.) तह पूरा गरेका विद्यार्थीहरूले ४७औँ दीक्षान्त समारोहमा सहभागी हुन पाउने कार्यालयले जनाएको छ।
शुल्क र धरौटी एकसाथ बुझाउनु पर्ने
स्नातक तहको लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार २ सय र धरौटी एक हजार पाँच सय गरी कुल ३ हजार सात सय, स्नातकोत्तर तथा एम.फिल तहको लागि शुल्क २ हजार ७ सय र धरौटी गरी ४ हजार २ सय तथा पि.एच.डी तहको लागि शुल्क ३ हजार २ सय र धरौटी गरी ४ हजार ७ सय तोकिएको छ।
यस पटक दीक्षान्त समारोहमा एक जना मात्र अभिभावक सहभागी गराउन सक्ने र सोको लागि थप ३ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। सबै तहलाई धरौटी एक हजार पाँच सय लिने र सो धरौटी रकमबाट ३ सय गाउन स्कार्फ आदिको मर्मत शुल्क भनी कट्टा गरिने सूचनामा जनाइएको छ। दीक्षान्त समारोह भएको एक वर्षभित्र प्रमाणपत्र लिइसक्नु पर्ने, अन्यथा थप जरिवाना लाग्ने समेत सूचनामा जनाइएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै