मोहम्मद जयन्ती:गण्डकी प्रदेशमा १६ हजार भन्दा बढि मुस्लिम धर्मावलम्बी

जयकार, कार्तिक २, कावासोती।। आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउँदैछन् ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा समेत दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका हुन् ।
आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम आयोजना पनि गर्दैछन् । विं.सं. २०६८ सालको जनगणना अनुसार गण्डकी प्रदेशमा १६ हजार १ सय १५ जना मुस्लिम धर्मावलम्बिहरुको बसोबास रहेको छ ।
२०६८ कै जनगणनालाई आधार मान्ने हो भने प्रदेशका जिल्ला मध्ये कास्कि, तनहुँ र गोरखामा मुस्लिम धर्मावलम्बिको संख्या अन्य जिल्लाको तुलनामा धेरै रहेको छ । ३ जिल्लामा क्रमशः ४ हजार ४ सय ३७ , ४ हजार १ सय ५७ र ३ हजार ५६ जना ईस्लाम धर्म मान्नेहरु रहेका छन् ।
त्यस्तै स्याङ्जामा १ हजार ९ सय ७८, लमजुङ्मा ९४२, बागलुङ्मा ७३४, पर्वतमा ६२४, म्याग्दिमा १८०, मनाङ्मा ४ र मुस्ताङ्मा ३ जना रहेका छन् । यो गणनामा गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर भने समावेश छैन । उक्त गणनाको समयमा नवलपरासि सिंगो जिल्ला रहेकोले जिल्ला टुक्रिएपनि गणना नभएकोले यहाँ बसोबास गर्ने ईस्लाम धर्मवालम्बिको संख्या यकिन नभएको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा