एमालेको महाधिवेशन प्रतिनिधि बन्नै गाह्रोः अब १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य

कात्तिक २, काठमाडौं ।।

यही मंसिरमा हुने एमालेको महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा पनि १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य हुने भएका छन् ।

पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि चुनिन एक दशकको योग्यता तोकेको हो । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा केही नरम नीति लिइएको छ । त्यस्ताको हकमा ७ वर्ष मात्र पार्टी सदस्य भए पुग्नेछ ।

यसैगरी एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भएर एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार हुन पाउँछ ।

केन्द्रीय कमिटीको पदाधिकारी बन्न कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्नेछ । पालिका वा सो भन्दा माथिल्लो कमिटीमा एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था विधानमा उल्लेख छ ।

त्यस्तै, सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा छ । 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१२
    • 22 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *