बझाङमा पहिरोले गाँवै पुरियो, २३ जना सम्पर्कविहीन

कात्तिक २, बझाङ ।।

बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। 

थलारा गाउँपालिका- ४ डिख्लामा मंगलबार बिहान पहिराे जाँदा ७ घर पुरिएका हुन्।  बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताए। 

पहिराेपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका उनले बताए।

टेलिफोन सेवा अवरूद्ध  हुँदा प्रहरीलाई समेत खबर गर्न नसकेको उनले बताए। 

स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूकाे खाेजी गर्न सकेका छैनन्।
यसबारे प्रहरी र प्रशासनलाई साेध्न खाेज्दा नेटवर्क नभएकोले सम्पर्क हुन सकेन।

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार ११:१५
    • 23 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *