कम कष्टकर छैन, पाल्पा बुटवल यात्रा, सास्ती र जात्रै जात्रा

कात्तिक २, बुटवल ।। संवाददाता ।।
निरन्तरको वर्षाले सोमबार बिहानैदेखि बुटवल-पाल्पा सडक खण्ड दिनभर नै खुल्ने र बन्द हुने क्रम चली रह्यो । ‘मृत्युमार्ग’को रूपमा परिचित यस सडक खण्डको ठाउँठाउँमा गएको पहिरोले यात्रुले सास्ती भोगे ।
सडक खण्डको गौडेपुल, कालीमाटी, हिउँदे खोला, झुम्सा, दोभान, सिद्धबाबालगायतका दर्जनभन्दा बढी ठाउँमा ढुंगासहितको पहिरो जाँदा यात्रुले घन्टौँ जाममा बस्नुपरेको थियो । सडक लामो समय बन्द नभए पनि सानोतिनो पहिरोका कारण पनि यात्रुले समस्या भोगेको गुल्मीबाट काठमाडौंको यात्रा गरेका नवीन अर्यालले बताए ।
पहिरो हटाउन जेसीवी र जनशक्ति तयारी अवस्थामा तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । रातिको समयमा पाल्पा-बुटवल खण्ड भएर यात्रा गर्न निकै जोखिमपूर्ण रहेकाले आकस्मिकबाहेकको यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रहसमेत गरेको छ ।
हिउँद होस् या बर्खा, सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा यात्रुले सास्ती भोग्नुपर्ने नियति नै बनेको छ । चुनावताका ‘भोट कार्ड’को रूपमा प्रयोग हुने यस सडक खण्डले धेरै जनालाई मन्त्री, सांसद बनाएको भए पनि सडक भने बन्न सकेको छैन ।
यस खडक खण्ड भएर पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत. बागलुङ, कास्की, पर्वतसम्म सवारी आवतजावत गर्छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम