आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।
‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै