कावासोती खानेपानीको पाइप फेरी बगायो केरुङ्गे खोलाले

कात्तिक ३, कावासोती ।।
गत ३ दिनदेखि परेको अबिरल वर्षा र बर्षा संगै केरुङ्गे खोलामा आएको बाढिले फेरि कावासोती खानेपानीको पाईपमा क्षति पुर्याएको छ । पानी बितरण र सञ्चालन प्रणालीमा असर पुग्ने गरी बाढीले क्षति पुर्याएको हो । बिशेषगरि नगरपालिकाका वडा न. ६, ५ र २ का माथिल्लो भेगका उपभोक्ता हरुलाई यसले प्रत्यक्ष असर पार्छ भने नगरपालिकाका अन्य वडाहरुमा समेत पानीको वितरण र सञ्चालनमा आँशिक असर पार्छ । गत आषाढ २२ गते र भाद्र १० गते को बाढिले पुर्याएको ठुलो क्षतिलाई अस्थाई रुपमा समाधान गरेर पानी सञ्चालनमा ल्याईएकोमा अहिलेको अबिरल बर्षाले फेरि उहीँ समस्या दोहारिएको छ । खोलामा पानीको बहाव घट्नासाथ तत्काल फेरि अस्थाई मर्मत कार्य गरेर पानी सकेसम्म चाँडो पानी सञ्चालन गर्ने कोशिस गर्ने तयारीमा जुटेको कुरा कावासोती खानेपानीका अध्यक्ष भिमलाल कण्डेलले बताउनु भएको छ । यस्को स्थाई समाधान भने मंसिर पछि मात्र संभव भएको उहाँको भनाई छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै