बाढी पहिरोबाट प्रदेश १ मा मात्रै ४९ जनाको मृत्यु, पाँचथरको एउटै गाविसमा २४ जनाको मृत्यु: न्युज अपडेट

कात्तिक ३, बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसीका अनुसार हालसम्म पहिरोमा परी ४६ जनाको मृत्यु भएको छ । त्यसैगरि, बढीमा परेर तीन जनाको मृत्यु भएको छ ।
प्रहरी प्रमुख बिसीले पहाडी जिल्लामा पहिरोमा परी सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । इलाममा १३, धनकुटा ७, उदयपुरमा २ जनाको मृत्य भएको छ । त्यसैगरी भोजपुरमा एक र सुनसरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको प्रहरी नायव महानिरीक्षक बिसीले बताए । मोरङमा एक, सुनसरीमा दुई जनाको बाढीले बगाएर मृत्यु भएको छ ।
वर्षासँग मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको बताएका बिसीले सडक तथा सञ्चार क्षेत्र समेत प्रभावित हुँदा थप विवरण संकलन गर्न काम भइरहेको बताए । उनका अनुसार पाँचथर, धनकुटा, उदयपुर लगायतका जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढि प्रभावित भएका छन् ।
पाँचथरको एउटै गाविसमा २४ जनाको मृत्यु
बाढी पहिरोले पाँचथर जिल्लाको मिक्लाजुङ गाविसमा मात्रै २४ जनाको मृत्यु भएको छ । मंगलबारदेखि बुधबार बिहानसम्मको बाढी पहिरोमा परि २४ जनाले ज्यान गुमाएको गाविस अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।
उनका अनुसार बुधबार पाँच बजेसम्ममा २४ मध्ये २१ जनाको शव भेटिएको छ । बाँकी ३ जनाको शव फेला परिसकेको छैन । उनीहरुलाई खोलाले बगाएको बताइएको छ । अध्यक्ष माखिमले मिक्लाजुङको कुरुम्वा वडानम्बर ५ मात्रै १५ जनाको मृत्यु भएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै