बाढी पहिराे अपडेटः देशभर ७७ जनाको मृत्यु, २७ बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा बुधवार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन्।
बुधवार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ। गृह मन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।
उनका अनुसार बाढी/पहिराेमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन्।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो। यो क्रम आज पनि जारी छ। सरकारले बाढी पहिराेबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ। एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने, सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम