फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ ।
बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८औँ रहेको थियो ।
दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३औँ स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मालदिभ्सको १५६औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६औँ सहित चौथो स्थानमा छ ।
यस्तै, १८७औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७औँ स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४औँ स्थानमा छ ।
फाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् ।
यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा रहँदा स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा छन् ।
तस्बिर :एन्फा

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव