
७ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि गएनन् ।
३८ सांसदको तर्फबाट ज्ञापनपत्र बुझाउन पुगेका तीन सांसदलाई दलका नेता केपी शर्मा ओलीले व्यक्तिगत धारणा सुन्ने तर गुटको प्रस्ताव स्वीकार नगर्ने बताएका थिए ।