एसियन कप छनोट प्रतियोगिताअघि मैत्रीपूर्ण खेलमानेपाल इण्डोसियासँग २-० ले पराजित

कात्तिक ६, शनिबार ।।
एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।
ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।
इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।
नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।
इन्डोनेसियाविरुद्ध नेपाली टोली सुरुवाती ११
गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर- अभिषेक रिजाल

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत