सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम पड्किँदा घाँस काट्न गएका दिदी-भाइ घाइते

कात्तिक ६, सुर्खेत ।। सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्।
वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी-भाइ बम विस्फोट हुँदा घाइते भएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।
उनीहरू हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।
उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै