पूर्वपश्चिम राजमार्गको देवचुलीमा कार दुर्घटना, दुई जना घाइते

कात्तिक ६, देवचुली ।। माधव सुवेदी,

देवचुली नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने देवचुली १३ दलदलेको कुलेन एलेन पेट्रोल पम्प नजिकै भएको कार दुर्घटनामा दुईजना सामान्य घाईते भएका हुन् । बा १४ च १८५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट केही तल खस्दा दुईजना घाईते भएका हुन् । घाईते मध्य कारका चालक देवचुली १६ का ५७ बर्षिय खिल बहादुर गुरुङ र देवचुली १६ कै ३५ बर्षिय अम्मर गुरुङ सामान्य घाईते भएका थिए । दुवैको देवचुली अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ ।