कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने
एजेन्सी
लन्डन, ७ कात्तिक
कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरिअन्टभन्दा झन चाँडो फैलन सक्ने बेलायतका विज्ञहरुले साबधानी दर्शाएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टको रुपमा वर्गीकरण गर्दै यस्तो साबधानी दर्शाएको हो ।
पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन् ।
डेल्टा भेरिअन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजार भन्दाबढीमा कोभिड संक्रमण देखिएको छ ।
नयाँ स्वरुपको भाईरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ति भेरिअन्टहरू देखा परिरहेका छन् । भाइरस परिवर्तन भइरहने भएकोले नयाँ भेरिअन्ट देखिनु अनौठो नभएको विज्ञहरु बताउछन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी