संविधानविद् भन्छन्- प्रधानन्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्छ

कात्तिक ८, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ न्यायाधीशले विद्रोह गरेपछि संविधानविद्हरूले प्रधान्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्ने बताएका छन् ।
संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले यस्तो अवस्थामा प्रधानन्यायाधीश जबराले विवेक प्रयोग गरेर आफैं बहिर्गमनको बाटो रोज्नु नै उपयुक्त हुने बताउँछन् ।
‘उहाँको नेतृत्वलाई आफ्नै न्यायाधीशहरूले स्वीकार नगर्ने स्थिति आइसकेपछि उहाँले विवेक प्रयोग गरेर राजीनामा गर्नु नै उपयुक्त हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘उहाँ धेरै अप्ठ्यारो स्थितिमा आइसक्नु भएको छ, अहिले न्यायाधीशहरू उहाँसँग जोडिन चाहिरहनु भएको छैन । भोलि कानून व्यवसायीहरू उहाँसँग जोडिन नचाहने स्थिति समेत आउने हुनाले उहाँले अब आफ्नो विवेक प्रयोग गरेर राजीनामा गर्नु नै उपयुक्त निकास हुन्छ ।’
जबराको नाममा धेरै विवाद क्रमशः बढ्दै गएपछि उनी मातहत रहेका न्यायाधीशहरूले नै नेतृत्व स्वीकार गर्न नसक्ने स्थितिमा तोकिएको इजलास नै न्यायाधीशले बहिष्कार गर्ने हुनाले अदालतको थप बदनामी हुने उनले बताए ।
‘उहाँले विवेक प्रयोग गरेर बहिर्गमन नगर्दा भोलि प्रतिनिधिसभामा उहाँ विरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुन सक्छ होला, त्यसैले त्यो हुनु भन्दा अगाडि नै उहाँले विवेक प्रयोग गरेर निकास दिनुपर्छ,’ अधिकारीले थपे, ‘अदालतको थप बदनामी हुन नदिन पनि उहाँले त्यो बाटो रोज्नु पर्छ ।’
न्यायाधीशहरूले सोमवारका लागि बोलाइएको ‘फुल कोर्ट’ बैठक बहिष्कार गरेर छुट्टै बैठक बस्ने निर्णयसमेत गरेका छन् ।
यस्तो अवस्थामा राजीनामा एक मात्र विकल्प भएको संविधानविद् तथा पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता डा। युवराज संग्रौला बताउँछन् ।
‘१४ जना न्यायाधीशहरूले फुल कोर्टको बैठक बहिष्कार गर्नु भनेको प्रधानन्यायाधीशले आफ्नो पदीय हैसियत र पदीय मर्यादा गुमाउनु पनि हो,’ संग्रौलाले लोकान्तरसँग भने, ‘तर जबराको राजीनामाले मात्र न्यायालयमा शुद्धीकरण हुँदैन ।’
तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीको पालादेखि हालसम्म नियुक्त भएका पकेटका सबै न्यायाधीशहरूले राजीनामा गरे मात्र न्यायालयमा रहेको विकृतिको अन्त्य हुने उनको भनाइ छ । ‘अहिले देखिएको स्थिति शुरूवात मात्र हो, पकेटबाट नियुक्त गरिएका न्यायाधीशहरूलाई नहटाएसम्म क्लाइमेक्सको स्थिति आउँदैन, यस्तो समस्या रहिरहन्छ,’ उनले भने ।
आइतवार बसेको बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए ।
यसै गरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।
बैठकमा उपस्थित कुनै पनि न्यायाधीशले राणाको डिफेन्ड नगरेको स्रोतले बतायो ।
न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।
अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले राणा सर्वोच्चमा एक्लिएका छन् । अजय अनुरागी, लोकान्तरबाट साभार …..

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता