पाँचथरमा यात्रुबाहक बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, मृतक अझै बढ्न सक्ने

कात्तिक ८, पाँचथर ।। पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बसमा सवार ५९ जना मध्ये सम्पूर्ण यात्रु घाइते भएका छन् ।
को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका वडा ४ शान्तिपुरमा सोमबार बिहान साढे ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले पुष्टि गरिन । मृत्यु भएकाहरूको सनाखत भने हुन बाँकी रहेको छ ।
उपप्रमुख प्रधानका अनुसार बसले ट्याम्पोलाई ओभरटेक गर्न खोज्दा डिलबाट झरेर तल्लो बाटोमा पुगेको हो । उनले भनिन ‘मृतकको संख्या बढेर ४ पुगेको छ । अझै पनि मृत्यु हुने सम्भावना उच्च छ । हामीले संकलन गरेको तथ्याङ्क अनुसार बसमा ५९ जना सवार थिए । सम्पूर्ण व्यक्तिहरू घाइते हुनुभएको छ । घाइतेहरूको जिल्ला अस्पताल पाँचथर, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।’
उपप्रमुख प्रधानका अनुसार त्यहाँ उपचार हुन नसकेकाहरूलाई झापा तथा मोरङका अस्पतालमा समेत रिफर गरिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै