एमालेको नगर अधिवेशन : कावासोतीमा पाँच जना अध्यक्ष आकांक्षी

 

कात्तिक ९, कावासोती ।। नवलपुरको कावासोतीमा नेकपा एमालेको अध्यक्ष पदका लागि ५ जना आकांक्षी देखिएका छन् । पत्रकार देखि पूर्व शिक्षक सम्मले आकांक्षा जनाएका  छन् ।

 स्रोतका अनुसार पत्रकार सागर पोख्रेल, जीवन ज्योति माविका पूर्व प्रधानाध्यापक अर्जुन श्रेष्ठ, स्वास्थ्य कर्मी जीवन सापकोटा, अधिवक्ता भुपेन्द्र खनाल र राजेन्द्र पाण्डे गरी ५ जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।

  त्यसैगरी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि आकांक्षीहरु धेरैले देखिएका छन् । आज नेकपा एमाले कावासोतीको नगर अधिवेशन डण्डामा हुँदै छ ।

अधिवेशन सर्वसम्मत गर्ने भनिए पनि आकांक्षीहरु धेरै देखिए पछि निर्वाचन हुने सम्भावना बढेको छ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ सहसचिव सहित ७५ सदस्यीय नगर कमिति चयन गर्ने छ ।