वुटवल नारायणगढ सडकको मर्मत नभएसम्म स्थानियले चिनीयाँ सवारी चल्न नदिने चेतावनी

कात्तिक ९, नवलपूर ।। पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खन्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिग्रीएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका छ्न ।
नारायणघाट देखि कावासोती सम्मको सडकमा शाश्वत धाम देखि लोकाहा पुल सम्मको सडक अत्याधिकरुपमा बिग्रीएर सडकमा खाल्डाखुल्डी भएको र अत्यन्तै धुलो उड्ने गरे पछि स्थानीय ले चिनियाँ कन्स्ट्रक्सन कम्पनीको करिब एक दर्जन सवारी साधनलाई एक घण्टा सडकमै रोकेका हुन ।
माटो र गिटि हालेर सडकका खाल्डा खुल्डी पुर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले आक्रान्त भएका स्थानीयले कालोपत्रे गरेर खाल्डाखुल्डी पुर्नु पर्ने माग राख्दै आन्दोलन गरेको एक स्थानीय बताउछ्न ।
स्थानीयले सवारी रोकेर कालोपत्रे नगर्दा सम्म चल्न नदिने बताए पछि तत्कालनै कालो पत्रे गर्ने निर्माण कम्पनी चिनियाँ कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।
बुटवल नारायणघाट सडकको आयोजना प्रमुख रमेश दिष्टीले खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने काम सुरु भएकाले बिग्रीएर खाल्डाखुल्डी भएको सडक मर्मत गरेर तत्काल कालोपत्रे गर्ने बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै