राज्यका अङ्गले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नु पर्छ: अध्यक्ष दाहाल

कात्तिक ९, काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएका छन्। चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए। उनले भने, “राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ।”
यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उनको भनाइ थियो। प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उनले कुनै छलफल नभएको बताए। उनले भने, “हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो। पाँच दलको बैठक हुन बाँकी छ।”
फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताए। अहिले गम्भीर परिस्थिति रहेको भन्दै उनले भने, “परिस्थिति गम्भीर छ। जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ।”
नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताए। एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उनको भनाइ थियो। आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पारे। उनले भने, “सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुन सक्छ। चितवन छाड्दिन।”

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै