नवलपुरमा चिकित्सक र पारामेडिक्सहरुका लागि ३ दिने सर्पदंश उपचार तालिम सन्चालन

कात्तिक ९, नवलपुर ।। गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्र पोखराको आयोजना र जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा मिति कात्तिक ७ देखि ३ दिने सर्पदंश उपचार तालिम चिकित्सक र पारामेडिक्सहरुका लागि सन्चालन भएको छ । जिल्लामा सर्पदंशका बिरामीहरु बढि हुने भएकाले सबै स्थानिय तहका अस्पतालहरुमा प्राथमिक सर्प दंश उपचार केन्द्र स्थापना गरि उपचारलाई बिस्तार र सरल बनाउन तालिमको आयोजना गरिएको छ । यस तालिममा मध्यबिन्दु अस्पताल र स्थानिय तहका अस्पताल तथा जोखिम बढि भएका स्थानमा रहेका स्वास्थ्य चौकीका गरि ३० जनाको सहभागिता रहेको छ । तालिममा डा छबिलाल थापा, कमल देबकोटा लगायतबाट प्रशिक्षण भएको छ । साथै गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्र पोखराबाट जन स्वास्थ्य निरीक्षक लालु शर्मा र भोजराज गौतमले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै